नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
काठमाडाैं | बैशाख ४, २०८१
काठमाडौं: नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गङ्गाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओमकुमारी पुन छन् ।
नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पामा नाबालिकालाई ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पुजालाई चाबहिल तथा ओमकुमारीलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओमकुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकद्वारा ललाईफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात् निज नाबालिकालाई काठमाडौं चाबहिलस्थित फ्रेण्डसिप ब्युटी एण्ड स्पामा लगी काममा लगाएको र उक्त स्पाकी सञ्चालक पुजाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै ओमकुमारीले निज नाबालिकालाई रातिको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरेर पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

